You are viewing the translated version of जाँचबुझ गर्ने.
Section 30
जाँचबुझ गर्ने
(१) कसैले खाद्य स्वच्छता, गुणस्तर वा खाद्य स्वच्छता व्यवस्थापन प्रणाली विपरीत हुने गरी खाद्य व्यवसाय वा. खाद्य सम्बन्धी कुनै कार्य गरेको कारणबाट सर्वसाधारणमा व्यापक क्षति पुगेको वा पुग्न सक्ने अवस्था भएमा र त्यस्तो विषयमा उच्चस्तरको जाँचबुझ गराउन आवश्यक देखिएमा विभाग वा मन्त्रालयले जाँचबुझ गर्न वा गराउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम जाँचबुझ गर्ने वा गराउने सम्बन्धमा विभाग वा मन्त्रालयले सम्बन्धित विषयका- विशेषज्ञ, प्रभावित प्रदेशको सम्बन्धित विषय हेर्ने मन्त्रालय वा कार्यालय र स्थानीय तहको सम्बन्धित विषय हेर्ने विभाग वा कार्यालयको समेत प्रतिनिधि रहने गरी बढीमा पाँच सदस्य रहेको जाँचबुझ समिति गठन गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिमकी जाँचबुझ समितिले जाँचबुझ गरी समिति गठन भएको विभाग वा मन्त्रालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ र त्यस्तो प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाउनु पर्ने देखेमा विभाग वा मन्त्रालयले त्यस्तो प्रतिवेदन समेत संलग्न गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।